रामचन्द्र पौडेलद्धारा सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

शुक्रबार, २७ पुस २०८०, ०९ : ५६

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । 

राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् । 

Capture

पृत्वीजयन्तीमा अवसरमा राजनीतिक दलहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । यस दिनको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ । Capture

शुक्रबार, २७ पुस २०८०, ०९ : ५६

प्रतिक्रिया