टुँडिखेलको भिडमा ८ जना घाइते

सोमबार, ०१ माघ २०८०, १७ : २२

काठमाडौँ - काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवमा सहभागी आठजना सर्वसाधारण गेटमा च्यापिएर घाइते भएका छन्।

थारू र मगर समुदायको आयोजनामा भइरहेको माघी महोत्सवमा सहभागीहरू कार्यक्रमस्थलमा प्रवेश गर्ने गेटमा च्यापिएर घाइते भएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलका अनुसार घाइते सबैजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

माघी महोत्सव मनाउने मानिसको भिड अत्यधिक हुँदा समस्या भएको हो

सोमबार, ०१ माघ २०८०, १७ : २२

प्रतिक्रिया