केदारनाथ शिक्षा पुरस्कारका लागि दुई जना चयन

४ महिना अगाडि

काठमाडौँ- केदारनाथ शिक्षा पुरस्कारका लागि तीर्थप्रसाद ढकाल र लीलादेवी साहित्य पुरस्कारका लागि दिलकुमारी डङ्गोललाई चयन गरिएको छ ।

 वरिष्ठ साहित्यकार एवं शिक्षासेवी डा घनश्याम पुडासैनीको संयोजकत्वमा गठन भएको छनोट समितिले पुरस्कारको लागि उनीहरूको नाम चयन गरेको हो । ढकाल विगत लामो समयदेखि शिक्षा क्षेत्रको विकासमा सक्रिय रहेका व्यक्ति हुन भने डङ्गोलले नेपाली साहित्यमा  केही फुटकर रचना र एक कविता सङ्ग्रह प्रकाशित गरेकी छिन्  । सूचक प्रकाशनले संयोजन गरेको उक्त पुरस्कार वरिष्ठ शिक्षासेवी केदारनाथ श्रेष्ठ र उनकी धर्मपत्नी लीलादेवी श्रेष्ठको सहकार्यमा सम्यक सन्देशले स्थापना गरेको हो । 

शिक्षा क्षेत्रको विकासमा चार दशकभन्दा लामो समय बिताएका केदारनाथ अहिले समाजसेवामा सक्रिय छन् भने लीलादेवी साहित्य र समाजसेवामा क्रियाशील छिन्।

४ महिना अगाडि

प्रतिक्रिया