सफ्टवेरिका कलेजको आयोजनामा ‘टेडएक्स सफ्वेरिका २०२४’ सम्पन्न

४ महिना अगाडि

काठमाडौँ - सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले ‘टेडएक्स सफ्टवेरिका २०२४’ कार्यक्रम सम्पन्न गरेको छ ।कलेजले गत पुस २७ गते शुक्रवार नेपाल पर्यटन बोर्डको हलमा ‘विगतलाई अङ्गाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने विषयवस्तुमा आधारित भएर ‘टेडएक्स सफ्टवेरिका २०२४’ आयोजना गरेको हो । 

 कार्यक्रममा सपना देख्ने र सपना पुरा गर्ने विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरू वक्ताका रूपमा उपस्थित भएका थिए । उपस्थित दर्शकसँग उनीहरूले आ–आफ्नो अनुभव र बुझाइ बाँडेका थिए । 

उक्त कार्यक्रममा नविल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत९सीईओ० अनिल केशरी शाहले खुसी खोज्ने र आफ्नो सर्वश्रेष्ठ संस्करण हुनुपर्नेबारे आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार ऋषि धमला लगायतका अन्य वक्ताहरुले आ–आफ्नो विचार राखेका थिए ।  

४ महिना अगाडि

प्रतिक्रिया