नेपाल एयरलाइन्सको पूर्वनिर्धारित जापान र कतारको उडान समय परिवर्तन

बुधबार, ०३ माघ २०८०, ११ : ४०

काठमाडौँ- नेपाल एयरलाइन्सको पूर्वनिर्धारित जापान र कतारको उडान समय परिवर्तन भएको छ । 

एयरलाइन्सले १६ जनवरी, २०२४ मा काठमाडौँ–नारिता (जापान)–काठमाडौँ र काठमाडौँ–दोहा (कतार)–काठमाडौँको उडान तालिका परिवर्तन भएको जानकारी गराएको हो । 

जसअनुसार काठमाडौँ नारिता–काठमाडौँको उठान जनवरी १७ र काठमाडौँ–दोहा–काठमाडौँको उडान जनवरी १८ का लागि सरेको एयरलाइन्सले जनाएको छ । 

बुधबार, ०३ माघ २०८०, ११ : ४०

प्रतिक्रिया