गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन

शुक्रबार, ०५ माघ २०८०, ११ : ५०

काठमाडौं- गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२स्३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो ।

वैद्यको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९स्३० बजे संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । उनको निधनमा संगीतकर्मीले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । वनस्पतीशास्त्रमा एमएससी गरेका वैद्यले ३३ वर्षसम्म सरकारी सेवामा बिताएका थिए । उनी २०६१ सालमा सहसचिव पदबाट सेवा निवृत्त भएका थिए ।

राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति समेत प्रकाशित छन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

शुक्रबार, ०५ माघ २०८०, ११ : ५०

प्रतिक्रिया