गुराँस लघुवित्तको आईपीओ भोली बाँडफाँड हुने

४ बर्ष अगाडि

काठमाडौँ – गुराँस लघुवित्त वित्तीय संस्थाको आईपीओ भोली बिहीबार बाँडफाँट हुने भएको छ ।

विक्रीप्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार २६ गते आईपीओ बाँडफाँट गर्ने तयारी  भएको जनाएको छ ।

गुराँस लघुवित्तले वैशाख १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि २ लाख ३३ हजार ६ सय २५ कित्ता आईपीओ विक्री गरेको थियो । यस आईपीओमा २ लाख ८७ हजार ३८२ जना आवेदकबाट ५३ लाख २७ हजार ४८० कित्ता शेयर खरीदका लागि आवेदन परेको छ । आईपीओमा २२ दशमलव ८० गुणा बढी आवेदन परेको हो ।

कम्पनीले कुल २ लाख ५० हजार कित्ता आईपीओमध्ये ३ हजार ८ सय ७५ कित्ता शेयर कर्मचारीका लागि र १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी शेयर सर्वसाधारणलाई विक्री गरेको हो । ढिलो अवधि जेठ १४ गतेसम्मको मिति रहे पनि मागभन्दा बढी आवेदन परेकाले छिटो अवधिभित्र नै विक्री बन्द भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया