बुबाले नयाँ आमा पाए, आमाले नयाँ बुबा तर पाएनन् मन्दिपले बाआमा

४ बर्ष अगाडि

श्रीमान श्रीमतिको पारपाचुके भयो । छोरा मन्दिपको पालनपोषण आमाले गर्नेगरी गरी मुद्दा छिनोफानो लाग्यो । जन्मदै बौद्धिक अपाङ्गता भएका मन्दिपको अगाडी आमाको मातृवात्सल्यतापनि टिकेन अन्ततः मन्दिपको आमाले दोस्रो विवाह गरिन । मन्दिपको बुबाले पनि अर्कै श्रीमती ल्याए । 

बुबाले नयाँ आमा पाए, आमाले नयाँ बाबा पाए तर मन्दिपले भने नयाँ आमा बाबा पाएनन् । शारिरीक रुपमा स्वस्थ र राम्रो भएकै कारण मन्दिपको दाई मनोजलाई उनका काकाले हेरीदिएको भएपनि मन्दिपको भने अवस्था कहालीलाग्दो नै थियो । 

अन्तमाः हजुरबा हजुरआमाले बच्चालाई हेर्न प्रयत्न त गरे तर यो उनीहरुको सामर्थ भित्रको कुरा थिएन, त्यसैले मन्दिपले बाख्रा बाँध्ने खोरमा थुनिनु पर्यो । यो घटना तारकेश्वर नगरपालिका १० नं. वडा, हिलेको हो । 

शरिरले काम गर्न छाडीसक्यो, आम्दानीको कुनै स्रोत छैन, सकेपनि नसकेपनि अरुको माटो खेस्र्रेर जीवन विहान बेलुकाको छाक टार्नुपर्ने बाध्यता छ, दिनभरी नातिलाई हेरेर बस्न सक्ने अवस्था छैन । नातिको माया नभएको होइन, मायाले मात्र केही नलाग्दो रहेछ, गहभरी आँसु पार्दै मन्दिपका हजुरबुबा गिता बल्लल भकानिए । उनीहरुले विगत ४ महिना देखि मन्दिपलाई बाख्रा बाँध्ने खोरमा राख्दै आइरहेका थिए । 

जस्ताले छाएका करिब ५ फिटे अस्थाइ टहरेमा बाँसको खोर बनाइ मन्दिपलाई थुन्ने गरिएको थियो । 

मन्दिपका लागि आमाबाबा त बैरि बने नै उनको दुवैकानले पनि सुन्दैन । धेरथोर आँखा देख्ने मन्दिप आफ्नो शरिर आफै राम्रोसँग थाम्न सक्दैन् । उनलाई औला चुस्ने बानि लागेको छ । सदै औंला चुस्ने गरेकोले दुईओटा औलाको छाला अत्यन्त कमजोर देखिन्छन् । 

घरमा एक्लै छाडेर काम गर्न गए कहाँबाट लड्ने हो, कसको घरमा गएर के विगार गरिदिने हो भन्ने डर हुन्छ, केहिदिन अघि कसो इनारमा खसेन, हामीलाई मर्नु न बाँच्नु भएको छ, हजुरबुबा थपे । 

मानवसेवाले गर्यो  उद्धार
मन्दिपको बारेमा जानकार स्थानिय राजेश खकुरेलले मिडियालाई खबर गरे । त्यसपछि बाहिरियो कहालीलाग्दो खबर

अधिवक्ता राजु थापाले उक्त समाचार पढेपछि मानवसेवा आश्रमलाई खबर गरे । त्यसपछि पत्रकार राजकुमार सिग्देल, सुजन पन्त, अधिवक्ता राजु थापा, स्थानिय वडा अध्यक्ष अमृत थापा लगाएतको उपस्थितीमा मानवसेवा आश्रमले बाबु मन्दिपको उद्धार गरेको छ । 

हाल मन्दिपलाई मानवसेवा आश्रमको सामाखुशी शाखामा राखिएको छ । आजबाटै स्वास्थ्य परिक्षण गराई उपचार सुरुवात गरिने मानवसेवा आश्रमका ३ नं। प्रदेश संयोजक सुमन बर्तौलाले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया