यस्तो छ सन्नी लियोनीको नेपाली आइटम डान्स (भिडियोसहित)

४ बर्ष अगाडि

काठमाडौं – बेला बेलामा तहल्का मच्चाइरहने बलिउड अभिनेत्री सन्नी लियोनीले आइट नृत्य गरेको फिल्म ‘पासवर्ड’को गीत सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो ।

‘आजको साम’ बोलको आइटम गीतमा सन्नी बोल्ड अवतारमा देखिएकी छन् । बलिउड कोरियोग्राफर बिष्णु देभाको कोरियोग्राफी रहेको गीतमा सन्नी थुप्रै कोरसका साथ देखिएकी छन् । ५ करोड बढी लगानीमा तयार भएको यो फिल्मको गीतमा सन्नी र अभिनेता बिक्की जोशीको अभिनय देख्न सकिन्छ । 

बिक्रम जोशीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा दुर्गा खरेलको स्वर छ । गीत लण्डनमा छायाँकन गरिएको हो । २७ भाद्रबाट ‘पासवर्ड’ सार्वजनिक प्रदर्शनमा आउदैछ । फिल्म सम्राट बस्नेत निर्देशन गरेका हुन् । 

बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतको निर्माण रहेको फिल्म एक्सन थ्रिलर जनरामा निर्माण भएको छ । 

फिल्ममा बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परिराना लगायतको अभिनय रहेको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया