सार्वजनिक यातायातको भाडा १२ प्रतिशत वृद्धि, ४ किलोमिटर सम्मको १६ रुपैयाँ

४ बर्ष अगाडि

काठमाडौं – यातायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी सार्वजनिक यातायातको भाडा १२ प्रतिशत वृद्धि भएको छ । यो निर्णय असार १ देखि लागू हुनेछ । 

यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले यातायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको हो । 

महानिर्देशक दाहालका अनुसार उक्त भाडामा थप १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको हो । योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ। यसअघि १४ रुपैयाँ थियो । 
यस्तै दिउँसो सार्वजनिक सवारी चढ्दा न्यूनतम १६ रुपैयाँ तिर्नुपर्ने भए पनि रात्रीकालीन बसमा यात्रा गर्दा न्यूनतम २२ रुपैयाँ भाडा तिुर्न पर्ने जनाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया