समुद्रशास्त्रअनुसार यी ६ गुण भएका युवती भाग्यमानी

जेठ ३२, २०७६ | आजको अर्थ
ajaako_artha

हाम्रो समाजमा शास्त्रीय मान्यतालाई अहिलेसम्म सत्य मानिन्छ । शास्त्रमा मानवीय जीवनका विभिन्न पक्षबारे वर्णन गरेको पाइन्छ । 

समुद्रशास्त्रमा शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवनका विभिन्न पक्षबारे वर्णन गरिएको छ । जसकै आधारमा कुनै व्यक्तिको भविश्यबारे पनि बताइन्छ । 

शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण हुने ब्यक्ति सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् ।

उक्त पुराणमा भाग्यमानी कन्यामा हुने १२ गुणबारे उल्लेख गएिको छ । त्यस्ता युवतीसँग विवाह गर्ने पुरुष पनि धेरै भाग्यमानी हुने पुराणमा उल्लेख छ । 
१ समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् ।

२ कालो कपाल भएका र आगाडितिर झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुद्र शास्त्रमा उल्लेख छ । चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ ।

३ गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।

४ जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ ।

५ सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती पनि भाग्यवती मानिन्छन् ।

६ आँखीभौं जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.५३११४.१३
European Euro१२६.८३१२७.५०
UK Pound Sterling१४७.२८१४८.०६
Swiss Franc११५.३५११५.९६
Australian Dollar७७.८४७८.२५
Canadian Dollar८६.४९८६.९५
Singapore Dollar८३.२१८३.६५