सलमानको ‘दबंग–३’मा अटाइनन् मलाइका !

४ बर्ष अगाडि

इदको अवसरमा दर्शकमाझ रिलिजमा आएको सलमान खानको फिल्म ‘भारत’ले बक्स अफिसमा कमाल गरिरहेको छ । ‘भारत’ रिलिज हुनेवित्तिकै अभिनेता खानले आगामी फिल्म ‘दबंग–३’को सुटिङ सुरु गरिसकेका छन् । त्यसोत, यस फिल्मको तस्वीरहरु पनि सोसल मिडियामा आइसकेका छन् । 

दबंग सिरिज अन्तरगतको पहिलो फिल्ममा मलाइका आरोडाले ‘मुन्नी बदनाम हुई’ गीतमा आइटम गरेकी थिइन् । सलमान खानको भाई बुहारीले आइटम गरेकी ‘मुन्नी बद्नाम हुई’ सुपर हिट बनेको थियो । त्यस्तै ‘दबंग–२’ मा पनि मलाइका एक आइटममा देखिएकी थिइन् । 

तर ‘दबंग–३’मा भने मलाइकाको आइटम हुनेछैन । यो फिल्ममा लभरात्रिफेम अभिनेत्री वरिना हुसेन देखिने भएकी छन् । वरिनाले भर्खरै सलमान खानसँग आइटम गीतको सुटिङ गरिसकेकी छन् ।  

मलाइका र अरबाजले सम्बन्धविच्छेदपछि आ–आफ्नो करियरलाई अगाडि बढाइरहेका छन् । अरबाजले एक विदेशी मोडललाई डेट गरिरहेका छन्, भने मलाइका अभिनेता अर्जुन कपूरको प्रेममा छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया