कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता निवासको जग्गा कित्ताकाट गरेर बेचे कोइरालाकै सन्ततिले

४ बर्ष अगाडि

३१ जेठमा झन्डै दुई सय कांग्रेस कार्यकर्ता विराटनगरस्थित कोइरालानिवास पुगे । काठमाडौंबाट कोइराला परिवारको उद्गम थलो सिन्धुलीको दुम्जा हुँदै विराटनगर आइपुगेका उनीहरूले बिपी कोइराला आठ वर्ष थुनिएको सुन्दरीजलस्थित जेलको माटो पनि साथमा ल्याएका थिए । 

कांग्रेसको उद्गम थलो भन्दै उनीहरूले कोइरालानिवासको द्वारमा शिर टेकाए र भित्र पसे । उनीहरूलाई मेयर भीम पराजुली र कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले स्वागत गरे । बिपी संग्रहालयका अध्यक्ष पर्शुराम पोखरेलको नेतृत्वको यो टोली बनारस तथा कांग्रेसका अन्य नेताहरूको जन्मथलो पनि पुग्ने बताइएको छ । 


यहाँ आइपुगेका कांग्रेस कार्यकर्ता आक्रोशित थिए । कोइरालानिवासमा खटिएका सशस्त्र प्रहरीको सुरक्षा दस्ता सरकारले भर्खरै हटाएकोमा उनीहरू रुष्ट थिए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदादेखि खटिएको सुरक्षा हटेपछि कांग्रेसवृत्तमा भुइँचालो नै गएको छ । 

मेयर पराजुलीले नगररक्षक खटाएर निवासमा पहरा दिन लगाइरहेका छन् ।कांग्रेसका सांसदहरूले प्रदेश सभामा हटाइएको सुरक्षाकर्मी बहाल गर्न माग पनि गरे । तर, सरकारले कोइरालानिवास व्यक्तिगत घर भएकाले सुरक्षा आवश्यक नभएको भन्दै हटाएको प्रतिक्रिया दिएको छ । 

सरकारले कांग्रेसको तीर्थलाई अपमान गरेको आरोप कांग्रेस कार्यकर्ताले लगाएका छन् । नेपाली लोकतान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको यो स्थान मासिने चिन्ता उनीहरूमा थियो । 

कांग्रेस कार्यकर्ता कोइरालानिवासलाई आस्थाको धरोहर तीर्थस्थल मान्छन् । तर, कोइराला खलकका सन्तानले यो स्थान अंशबन्डा गर्दै बेच्दै गरिरहेका छन् । नयाँ पत्रिकामा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया