बेलुकासम्म पार्टी एकताको सबै काम सकिन्छ : अध्यक्ष प्रचण्ड

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बेलुकासम्ममा पार्टी एकताको सबै काम सकिने बताएका छन् । 

अध्यक्ष प्रचण्डले पार्टी एकतामा ढिलै भएपनि आफुहरुले सबै काम सकाएको बताए । 

आज ललितपुरको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले खुसीको कुरा सबैलाई खुलाउन चाहन्छु भन्दै पार्टी एकाताको काम बेलुकासम्म सबै सकिने बताएका हुन् । 

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, पार्टी एकताको काम ३ महिना भित्रै सक्नुपर्ने थियो तर ढिला भयो । ढिला भएतापनि आज बेलुकासम्ममा पार्टी एकताको काम सकिने भन्दै उनले आफुहरुले एकताको सफलता हासिल गरेको बताए । उनले भने, हामी सफलतासम्म आइसकेका छौँ । 

उनले आफुहरुले राम्रो सँग काम गर्न नसकेमा कम्युनिष्ट भनेर जनताले सधै साथ नदिने बताए । उनले आफ्नो कमी कमजोरीलाई सच्याउदै राम्रो सँग काम गर्दे जानुपर्ने भन्दै सबैलाई गम्भिर भएर सोच्न आग्रह गरे । 

केहि दिन पहिले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीले पार्टी एकताको काम असार अन्तिम सम्म सकिने बताएका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया