२ महिनाभित्र जनकपुरमा रेल

४ बर्ष अगाडि

काठमाडौं– सरकारल आउँदो दुई महीनाभित्र भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेल सञ्चालन गर्नेगरी तयारी तिब्र पारेको छ । रेल विभागका प्रवक्ता अमन चित्रकारले तिहारसम्म महीनाभित्रमा रेल नेपाल आइपुग्ने बताए। 
भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गको भौतिक पूर्वाधार निर्माण भइसकेको छ। सरकारले केही समयभित्रै रेख खरीद गर्ने र तिहारसम्म रेल सञ्चालन हुने उनले बताए ।  

त्यसका लागि सरकारले भारतीय सरकारी कम्पनी कोनकणमार्फत रेल खरीद गर्न लागिएको छ । डिजेल, इलेक्ट्रिक, मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा पाँच डिब्बा रहने छ। दुई सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन्। यसको क्षमता एक हजार २०० सम्म यात्रु बोक्नेछ। प्रवक्त चित्रकारले भने, “अहिलेको क्षमताभन्दा एक÷दुई सय तलमाथि हुनसक्छ।” 
गामी फागुनसम्म कुर्था देखि बिजलपुरा खण्डको १७ किलोमिटर पनि सम्पन्न हुने विभागले जनाएको छ । 

सन् २०१० मा जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि भारत सरकासँग सम्झौता भइ झण्डै एकवर्षपछि काम शुरु भएको थियो। भारतको सहयोगमा सीमाक्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुनलागेको चित्रकारले जानकारी दिए। तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम शुरु हुन सकेको छैन।

रेलमार्गतर्फ नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ। १० किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ। सीमाक्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन्। यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया