आज चार बजे संसदमा पेश गरिने बजेट कस्तो छ, यसो भन्छन् अर्थमनत्री खतिवडा

५ बर्ष अगाडि

काठमाडौँ । सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि आज संघीय संसद्मा वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान अर्थमन्त्री डा युवराज खतिवडाले आज  अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ ।

अर्थमन्त्री खतिवडाले राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरू प्रस्तुत गर्नेछन् ।  

संविधानबमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गर्नेछन् ।

बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विद्येयक– २०७५ र राष्ट्र ऋण उठाउने विद्येयक– २०७५ पेश गर्नेछन् ।  

सरकारले ल्याउने उक्त बजेटमा संघीय संसद्को दुवै सदनले पास गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र निर्वाचनमा जाँदा नेपाल कम्युनिष्ट पार्टीले गरेका प्रतिबद्धतालाई मुख्य आधार बनाइएको बुझिएको छ ।

तर सरकारले यही जेठ ७ गते संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रमका आधारमा हेर्ने हो भने बजेट नयाँ आउने सम्भावना भने कम रहेको छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा भने आधारभूत रुपमा खास नयाँ केही पनि कार्यक्रम नदेखिएको सन्दर्भमा रणनीतिक रुपमा दीर्घकालसम्म प्रभव पार्ने खालको बजेट आउनेमा भने केही आशंका भने कायम रहेको छ ।

तर केही ठूला आयोजनालाई पनि प्रमुख प्राथमिकतामा राखिएको छ । ऊर्जा क्षेत्रमा एक खर्ब भन्दा माथिको बजेट आउने तयारी छ । राष्ट्रिय योजना आयोगका दिएको सीमाअनुसार रु एक खर्ब १० अर्ब बराबरको बजेट विनियोजन गरिएको छ ।

यस्तै रेलमार्ग, जलमार्ग, सडक निर्माणका विषयमा भने ठूलो मात्रामा बजेट विनियोजन गरिनेछ । अर्थमन्त्री डा खतिवडाले गरिरहेको तयारीका आधारमा हेर्दा नारा नै नारा भएको बजेट तयार भएको छ ।

नेपालको इतिहासमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गरेको बजेटलाई प्रभावकारी मानिन्छ । गाँउ गाँउमा बजेट पुर्याउने उनको बजेटलाई नेपालको बजेट इतिहासको प्रभावकारी र सकारात्मक बजेटको रुपमा लिइन्छ । यस्तै आज प्रस्तुत हुने बजेटमा सहकारी क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ । गाँउ गाँउमा सहकारी, घर घरमा रोजगारी, हरेक गाँउमा एक पोखरी जस्ता साना तर महत्वपूर्ण मानिएका परियोजना समेत बजेटमा समावेश गरिएको छ ।

यस्तै काठमाडौं तराई मधेश द्रूतमार्ग, पूर्व पश्चिम विद्युतीय रेलमार्ग, केरुङ रसुवागढी रेलमार्ग जस्ता महत्वपूर्ण आयोजनालाई समेत बजेट उपलब्ध गराउने तयारी छ ।

गत फागुन ३ गते गठन भएको वर्तमान सरकारले एक सय दिन पूरा गरेको छ । यस अवधिमा केही आर्थिक सूचकहरु समेत सकारात्मक दिशामा गएको भन्दै आर्थिक वृद्धिदर आठ प्रतिशतको हाराहारमिा हुने गरी बजेट तयार पारिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

बजेट पूर्ण आकार भने रु १५ खर्बको हाराहारीमा हुने बताइएको छ ।  बजेटलाई प्रभावकारी बनाउन हरसम्भव सबै खालको प्रयास गरिएको बताइएको छ । यस्तै कर्मचारीको तल वृद्धि भन्दा पनि भक्तालाई तलबमा नै समायोजन गर्न लागिएको बताइएको छ । प्रधानमन्त्रीले कर्मचारी संघ संगठनका प्रतिनिधिलाई भक्ता वृद्धि हुने सम्मको संकेत गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया