नीति कार्यक्रममा मौन बसेर कांग्रेसले गल्ती गर्यो :कोइराला

५ बर्ष अगाडि

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारको नीति तथा कार्यक्रममा मौन बसेर कांग्रेसले गल्ती गरेको बताएका छन् । उनले संघीय संसद्मा पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको समेत आरोप लगाए । नेपाल ट्रेड युनियन काँग्रेस मोरङ र जापान इन्टरनेशनल फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा उनले सरकारको नीति तथा कार्यक्रमको विषयमा मौन बसेर काँग्रेसले गल्ती गरेको बताए । नेता कोइरालाले लोकतन्त्र बचाउने दायित्व काँग्रेसको काँधमा आएको उल्लेख गर्दै एउटा निर्वाचनमा पराजय हुँदैमा काँग्रेसप्रति जनताकोे आस्था र विश्वास नघट्ने  बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया