अर्थमन्त्रीले भने शेयर बजारमा लगानी गर्ने उपयुक्त मौका आएको छ

४ बर्ष अगाडि

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारका नयाँ लगानीकर्ताहरुका निम्ति अहिले उपयुक्त समय भएको बताएका छन् । कर्मचारी सञ्चय कोषको ५८ औं वार्षिकोत्सवमा मन्त्री खतिवडाले बजार घटिरहेको अहिलेको स्थितिमा नवप्रवेशीका लागि उपयुक्त समय रहेको बताएका हुन् ।

उनले सरकारले पुँजी बजारको सुधारका निम्ति विभिन्न ऐन कानुन आएको र भएकालाई पनि संशोधन गरी बजारमैत्री वातावरण निर्माण गर्न लागिपरेको बताएका छन् । अर्थमन्त्री खतिवडाले पुँजी बजारको स्थायित्वका लागि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष जस्ता कोषलाई पुँजी बजारको प्राथमिक र दोस्रो बजारमा प्रवेश गराउने तयारी गरेको बताएका छन् ।

उनले  कर्मचारी सञ्चय कोषलाई प्राथमिक बजार र ऋणपत्र खरिदका लागि प्रयोग गर्ने तयारी रहेको खुलासा गरे । त्यसैगरी नागरिक लगानी कोषलाई दोस्रो बजारमा प्रवेश गराउन तयारी भइरहेको समेत उनले जानकारी दिएका छन् । अहिले धितो पत्र बजारमा सुचिकृत भएका अधिकांश कम्पनीहरुको नाफा बृदीभएको छ । नव प्रवेशी र दोस्रो बजारमा लगानी गरेर त्यसबाट नाफा कमाउँछु भन्नेको लागि यो समय उपयुक्त हो ।

पुंजी निर्माणको निम्ति संचय कोषमा रहेको ३ खर्व भन्दा माथिको पुंजीलाई परिचालन गरयो  भने पुंजी निर्माणको साथ साथै ठुला आयोजनाको लागि समेत पुंजी अभाव नहुने धारणा राखे । उनले भने, ’ पुंजी निर्माण भैसकेपछि रोजगारीको सिर्जना हुन्छ भने संचायाकर्ता पनि सुरक्षित हुन्छन् । उन्ता सामाजिक सुरक्षा कोषमा पनि पैसा जम्मा हुन्छ ।’

अहिले सरकारी निकायको स्वामित्वमा रहेका विभिन्न कोषमा कुल गार्हस्थ उत्पादनको २० प्रतिशत जति रकम जम्मा भएको उल्लेख गर्दै त्यस्तै कोषलाई विभिन्न क्षेत्रमा परिचालन गर्नुपर्ने अर्थमन्त्रीको भनाइ छ । उनले कर्मचारी सञ्चय कोष जस्ता ठूला कोषहरु मुद्रा बजारमा खेल्न नहुने भन्दै मुद्रा बजारमा खेलेर अस्थिरता निम्त्याउने भन्दा दीर्घकालीन योजनामा लगानी बढाउन सुझाव दिएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया