शक्तिशाली ३५ व्यवसायीको सूचीमा राहुल चौधरी

४ बर्ष अगाडि

सीजी होटेल्स एण्ड रिसोर्टका कार्यकारी निर्देशक राहुल चौधरी ३५ शक्तिशाली व्यवसायीको सूचीमा परेका छन् । 

भारतको प्रतिष्ठित म्यागाजिन ‘होटेलियर’ले चौधरीलाई लगातार दास्रो वर्ष पनि शक्तिशाली व्यवसायीको सूचीमा राखेको हो ।

राहुल चौधरी ग्रुप (सीजी) को आतिथ्य सत्कार (हस्पिटालिटी) व्यवसायको नेतृत्व गर्छन् । 

 ‘होटेलियर’ले सन् २०१९ का लागि हस्पिटालिटी क्षेत्रमा सफल ३५ प्रभावशाली व्यवसायीको सूची निकालेको हो । राहुल सन् २०१८ को सूचीमा पनि थिए । यो सूचीमा भारतभर होटल तथा रिसोर्ट सञ्चालन र नेतृत्व गर्ने सफल व्यवसायीहरू छन् ।

राहुलले भारतको नयाँदिल्ली मुकामबाट ‘सीजी कर्प ग्लोबल’सँगै ‘सीजी होटेल्स एन्ड रिसोर्ट’को कार्यकारी निर्देशकको जिम्मेवारी निभाइरहेका छन् । ‘सीजी होटेल्स एन्ड रिसोर्ट’ले भारतका विभिन्न स्थानमा सेवा विस्तार गरेको छ । ‘ताज’, ‘फर्न’, ‘जिंक’जस्ता स्थापित र प्रसिद्ध चेन होटलमा सीजीको साझेदारी(लगानी छ ।

‘सीजी होटेल्स एन्ड रिसोर्ट’ले २० मुलुकका १ सयभन्दा बढी होटल सञ्चालन गरिरहेको छ । यी होटल(रिसोर्टमा ६ हजारभन्दा बढी कोठा छन् ।
“हामीसँग पहिले १० वटा होटल थिए, सन् २०२० सम्ममा यो संख्या २०० पुग्छ,” राहुल भन्छन्, “थप १५ देशका ९७ पर्यटकीय गन्तव्यमा पुग्नेछौं ।

 त्यतिबेलासम्म हामीसँग १० हजारभन्दा धेरै कोठा हुनेछन् ।” विश्वभर होटल सञ्जाल फैलाउने उद्देश्य लिएर हिँडेका राहुल आफू पिता विनोद चौधरीको व्यावसायिक सफलता र सद्गुणलाई आत्मसात गरेर हिँडेको बताउँछन् । भन्छन्, “त्यही सफलता र सद्गुणका कारण हामी चीनदेखि न्युयोर्क सिटीसम्म फैलन सकेका हौं ।”

दुई दशकअघि टाटा ग्रुप(आईएचसीएलसँग कोलम्बो (श्रीलंका) र माल्दिभ्समा साझेदारी गरेसँगै चौधरी ग्रुप हस्पिटालिटी क्षेत्रमा विधिवत् रूपले अघि बढेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया