असारभित्र ढल्केबर सवस्टेशनको काम सक्न कुलमानको निर्देशन

५ बर्ष अगाडि

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी असारभित्र ढल्केबर सवस्टेशन निर्माणको काम सक्न निर्देशन दिएका छन ।

ढल्केबर सवस्टेशनको अनुगमन गर्न शनिबार आयोजना स्थलमा पुगेका उनले सवस्टेशन निर्माणमा कुनै पनि बाहनामा ढिलाइ गर्न नहुने बताएका थिए ।

नेपाल र भारतबीचको विद्युत व्यापार हुने उक्त सवस्टेशनको काम समयमै सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।

निर्माणको ठेक्का पाएको टेलमोस इलेक्टोनिक्सले काम तीव्र रुपमा गरिरहेको र आगामी असार भित्रै काम सक्न सहमत भएको थियो ।

अहिले उक्त सवस्टेशनको ८० प्रतिशत भौतिक प्रगति भएको छ । २२०्१३२ केभी क्षमताको उक्त सवस्टेशन बनेपछि नेपाल र भारतबीच विद्युत व्यापार हुनेछ ।

अहिले १ सय ३० मेगावाट विद्युत हिउँदको पिक समयमा भारतबाट आयात चार्ज भइरहेको छ । सवस्टेशन बनेपछि थप १५० मेगावाट विद्यूत चार्ज गर्न सकिने छ । सोही क्षमतामा भारत तर्फ विद्युत निर्यात गर्न सकिने छ ।

चिनियाँ कम्पनीले  सिसिपिजीले अलपत्र पारेको सो सबस्टेशन पछिल्लो पटक एक भारतीय ठेकेदार कम्पनीले निर्माण गरिरहेको छ ।

प्राधिकरणले भरतपुर–बर्दघाट प्रसारण लाइनको ठेक्का तोडी करिब रु ३० करोड रकम बैक ग्यारेन्टी जफत गरेपछि सिसिपिजीले सो सबस्टेशनको समेत ठेक्का तोडेको थियो ।

गत वर्ष प्राधिकरणले हिउँदमा ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाईनमार्फत एक सय ४० मेगावाटसम्म विजुली आयोत गरेको थियो ।

भारतबाट झण्डै तीन सय मेगावाट विजुली आयात भएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बाँकी काम सबैतर्फबाट तत्काल सुरु गर्न निर्देशन दिएका थिए ।

आयोजनाको सिभिलतर्फको ९० प्रतिशत काम सकिएको छ । इलेक्ट्रिकल उपकरण जडानको ९० प्रतिशत काम सकिएको छ ।

नियन्त्रण कक्ष रहने भवनको ‘फिनिसिङ, ‘कन्ट्रोल प्यानल’को जडान तथा सञ्चालन,बसबार कनेक्सन लगायतका काम बाँकी रहेको छ ।

हाल  मुजफ्फपुर बिन्दुमा दुई वटा ट्रान्सफर्मर राखी विजुली आयात भइरहेको छ ।

 ठेकेदार तोकिएको समयका काम गर्न नसकेपछि चार पटकसम्म म्याद थप यसअघि नै भएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया