चार हजार मेगावाटको लाइसेन्स चिनियाँ कम्पनीको पोल्टामा, कहिले हुन्छ काम

५ बर्ष अगाडि

काठमाडौँ । नेपाल भौतिक पूर्वाधार निर्माणको काम जिम्मा लिने र काम नगर्ने प्रवृत्तिको मानको रुपमा भारतीय कम्पनीलाई लिइन्थ्यो ।
भारतीय कम्पनीले जिम्मा लिएको माथिल्लो कर्णाली, हुलाकी राजमार्ग, भूकम्प पछिको पुनः निर्माण त्यसका खास उदाहरण हुन् ।
यस्तै विगत दश वर्ष पहिले लिएको माथिल्लो मस्र्याङदी आयोजनामा का काम छाडेर अर्को कम्पनीलाई जिम्मा लगाएर हिड्यो ।
नेपालको प्राकृतिक स्रोत तथा साधन कब्जा गर्ने तर काम नगर्ने प्रवत्तिको मानकको रुपमा रहेका भारतीय कम्पनीहरु क्रमशः आयोजनाबाट हात झिक्दै हिड्न थालेका छन् । तर रोग लागेपछि निको पार्ने भन्दा पनि त्यसैमा थप्दै जाने प्रवृत्ति नेपालका लागि नयाँ र नौलो हुँदै होइन ।
प्रसंग हो प्रधानमन्त्रीको चीन भ्रमणपछि आएका प्रतिक्रियाको । नेपालको आर्थिक समृद्धिको मार्ग प्रशस्त भएको र प्रधानमन्त्रीको चीन भ्रमणपछि त्यसले थप वातावरण बनाएको चर्चा भइरहँदा आयोजना ओगट्ने र काम नगर्नेमा भारतीय जस्तै चिनियाँ कम्पनी पनि उस्तै रहेका छन् ।
भारतीय कम्पनी केहीले आफै छाडेर हिड्ने तथा केहीले काम नगर्ने लगभग अन्तिम अवस्थामा पुगेको बेला चिनियाँ कम्पनीको हालत पनि उस्तै रहेको छ ।
पछिल्ला दिनमा चिनियाँ कम्पनीहरु इपिसिएफ मोडलमा नै आयोजना निर्माणका लागि लागिपरेका छन् । उनीहरुको बदमासी छाँयामा पार्ने ध्येयका साथ इपिसिएफ ढाँचामा आयोजना निर्माणका लागि लागिपरेका हुन् ।
विशेष गरी जलविद्युत् आयोजना हात पार्ने र काम नगर्नेमा भारतीय जस्तै चिनियाँ कम्पनी पनि उस्तै दुरुस्तै रहेको पाइएको छ । 
विद्युत् विकास विभागकाअनुसार चिनियाँ कम्पनीले करिब चार हजार मेगावाट क्षमताका आयोजना लिएका छन् । त्यसमा पश्चिम सेतीलगायतका केही रणनीतिक महत्वका आयोजना समेत रहेका छन् ।
आयोजना होल्ड गर्ने र काम नगर्ने चिनियाँ कम्पनीको संख्या पछिल्ला वर्षमा बढ्दै गएका छन् । 
विभागका अनुसार ३ हजार ८६७ मेगावाट क्षमताका  १८ आयोजना चिनियाँ कम्पनीले जिम्मा लिएका छन् । तर उनीहरुको प्रगति भने एकदमै न्यून रहेका छन् ।
चिनियाँ लगानीकै माथिल्लो मस्र्याङदी ए आयोजना दुई वर्षमा निर्माण सम्पन्न भएको हो । सो आयोजनामा सिनो हाइड्रोको लगानी छ । नेपालको सगरमाथा समूहको मात्रै १० प्रतिशत लगानी रहेको छ । 
सो आयोजना आनै लगानीमा भएका कारण उसले तोकिएको समय भन्दा पहिल्यै निर्माण सम्पन्न गरेको हो । यस्तै चिनियाँ लगानीकै माथिल्लो मोदी पनि तोकिएको समय भन्दा अगावै सम्पन्न भएको हो । सो आयोजनाको क्षमता २५ मेगावाट रहेको छ ।
ती आयोजना बाहेक अरु कुने पनि आयोजनामा चिनियाँ कम्पनीले चित्तबुझ्दो काम गरेका छैनन् । उत्पादन अनुमतिपत्र लिएका , निर्माणमा रहेका तथा सर्वेक्षणका क्रममा रहेका आयोजनाको हालत समेत दुरुहपूर्ण रहेको छ ।
चीनको मुख्य लगानी रहेको वाग्मती जलविद्युत् आयोजना निर्माण सम्पन्न् हुने चरणमा रहेको छ । सो आयोजनाको क्षमता २२ मेगावाट रहेको छ । त्यसबाहेक हरु कुनै पनि आयोजना निर्माण सम्पन्न हुने चरणमा छैनन् ।
चिनियाँ कम्पनलिे लिएको १२८ मेगावाटको डाँडागाउँ खलंगा ४५०  मेगावाटको भेरी–१ र २५६ मेगावाटको भेरी–२ चिनियाँ कम्पनीले गेजुवाले लिएको छ । ती आयोजनाको काम हुन सकेको छैन ।
सिचुवान इनर्जीले लिएको २३५ मेगावाटको हुम्ला कर्णाली र ३३५ मेगावाटको हुम्ला कर्णाली दोस्रोको पनि काम सुरु भएको छैन । काम नगर्नेमा चिनियाँ कम्पनी पनि उस्ते रहेपछि भारतीय भन्दा काम नगर्नेमा चिनियाँ देखिएका छन् । यस्तो अवस्थामा प्रधानमन्त्रीको समृद्धिको नारा कसरी पूरा होला भन्ने प्रश्न खडा भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया