सुरुङ मार्ग बनाउने सम्झौतासगैँ स्थानीयमा उत्साह

४ बर्ष अगाडि

काठमाडौं – काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउन सम्झौता हुने भएको छ । 

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा उक्त सम्झौता हुन लागेको हो । 

उता काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउन सम्झौता हुने खबरले स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।

स्थानीयले सुरुङ मार्ग विकासको कोसेढुंगा हुने भन्दै प्राथमिकतामा राखेर निर्माण कार्य अगाडी बढउनु पर्ने बताएका छन् ।

नुवाकोट हुँदै काठमाडौँ जोड्ने सुरुङमार्ग निर्माण भए राजधानी काठमाडौँ छिट्टै पुग्नुका साथै व्यापार व्यवसाय बढ्ने, पर्यटन प्रवद्र्धन हुने नुवाकोट र रसुवावासीको विश्वास छ । 
कान्तिपुर दैनिकबाट

४ बर्ष अगाडि

प्रतिक्रिया