तीब्र उतार चढावका बीच सेयर बजारमा ४.८२ अंकको गिरावट

५ बर्ष अगाडि

काठमाडौं–सेयर बजारमा ४.८२ अंकको गिरावट आएको छ । आज दिनभर जसो अस्थिर बनेको बजार कारोबार बन्द हुने बेलासम्म ४.८२ अंकले घटेको हो । 
केपी ओलीको सरकार आएदेखि यता बजारले राम्रो गति लिन सकेको छैन । त्यसमा पनि बजेट भाषण पछि बजारले लय पक्रन सकेको छैन । दिनमै अर्बौसम्मको कारोबार हुने सेयर बजारमा  आजकाल रौनक देखिदैन । सोमबार २० करोड ४५ लाख रुपैयाँको मात्र सेयर खरिद बिक्र भएको छ । होटल समुह र विकास बैंक बाहेक सबै समुह घटेको छ । विकास बैंक ३.७५ अंकले बढेको छ भने होटल समुह २.२३ अंकले बढेको छ । यस दिन सबैभन्दा बढी बिमा समूह २१.४४ अंकले घटेको छ भने जलविद्युत १३.५९ अंकले घटेको छ । 
बैंकिङ समुह ३.३४ अंकले घटेको छ भने माइक्रो फाइनान्स समुह ५.२४ अंकले घटेको छ । बजेट पछि बजार बढ्ने आशमा रहेका लगानीकर्ता बजेट प्रस्तुत भएयता बजार बढ्न नसक्दा हतोत्साहित बनेका छन् ।
 अहिले लगानीकर्ताहरु मौद्रिक नीतिलाई पनि कुरेर बसेका छन् । आज ग्लोबल आइएमई बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । यसदिन ग्लोबल आइएमइको १ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया