गुण्डा नाईके 'बाघे' पक्राउ

४ बर्ष अगाडि

काठमाडौं। आठ पटक भन्दा बढि पक्राउ परिसकेका गुण्डा नाईके सन्देश तामाङ बाघे फेरि पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाको टोलीले गुन्डागर्दी गर्दै आएका तामाङलाई शुक्रवार नियन्त्रणमा लिएको हो।

स्वयम्भू, बालजु क्षेत्रमा गुण्डागर्दी गर्दै आएका तामाङलाई प्रहरीले ठगी अभियोगमा नियन्त्रणमा लिएको हो । “बालुवा गिटी लगायतमा ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको हो।” महाशाखाका एसएसपी सहकुल थापाले भने।

तामाङ दीपक मनाङ्गे गुटमा रहेर गुन्डागर्दीमा सक्रिय रहँदै आएका थिए। उनी स्वयम्भुबाट पक्राउ परेका हुन ।

महाशाखाको टोलीले निर्माण सामाग्री विक्रि वितरण गर्ने १८ भन्दाबढी डिपोमा छापा मारेको छ। डिपोले ठगी गरेर सामाग्री विक्री गर्ने गरेको जानकारी पाएपछि छापा मारेको थियो। प्रहरी ठगी गर्ने डिपो संचालक र सवारी साधन समेत नियन्त्रणमा लिएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया