महाराले बयान दिन मानेनन्,  तिन दिने म्याद थपिदै

४ बर्ष अगाडि

 

३ कात्तिक, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई लागेको यौन दुर्व्यवहारको अनुसन्धान पुरा नभएको कारण देखाउदै  प्रहरीले आज फेरि म्याद थप गर्ने भएको छ ।

प्रहरीले थपेको तीन दिन म्याद पुरा भैसकेतापनि प्रहरीले अनुसन्धान भने सकेको छैन । अनुसन्धान नसकिएकाले महरालाई आइतबार दिउसो जिल्ला अदालत काठमाडौंमा लगेर म्याद थप गरिने काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।


अघिल्लो पटक थपिएको ३ दिनको म्याद महाराले बयान दिन ईन्कार गरेका थिए । ३ दिनको म्याद थपिएपछि फेरि बयान लिन प्रयास गर्ने र अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याउने प्रहरी अधिकारीहरुले बताएका छन् ।

संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले गत असोज १९ गते महरालाई पक्राउ गरेको थियो । बीचमा दशैं विदा परेकाले म्याद थप गर्न नसकेको प्रहरीले गत असोज २८ गते अदालतबाट तीन दिनको म्याद थप गरेको थियो ।

महराले यौन दुर्व्यवहार गरेको भन्ने ती महिलाको भिडियो सार्वजनिक भएपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।

यौन दुर्व्यवहारको आरोप प्रमाणित भएमा साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुनसक्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया