एनसेलले चार गुणा बढि डेटा बोनस दिने

४ बर्ष अगाडि

एनसेलले तिहार र छठ पर्वको अवसार पारेर आफ्ना ग्राहकहरुका लागि फोरजी डेटा बोनस योजना ल्याएको छ । 

ऐनसेलले तिहार र छठ पर्वको अवसारमा आफन्त, परिवारजन र साथीभाईबीच सम्पर्कसगैँ शुभकामना आदानप्रदान तथा खुसी साटासाट गर्नका लागी यो अफर ल्याएको हो ।

उक्त बोनस योजना ग्राहकले १५ दिन सम्मका लागि चार गुणा बढि डेटाको फाईदा लिन सकिने बताइएको छ ।

यो अफर अन्तर्गत ग्राहकहरुले एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिनको समयावधि भएको ५०० एमबीको डेटा प्याक खरिद गर्ने ग्राकहले चार गुणा बढि डेटा भोल्युमको फाईदा लिन सक्नेछन् । 

जसमा कर बाहेक रु १५ (कर सहित रु १९.१५) शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा पाउनेछन् । जसमा ग्राहकले ७५ एमबी डेटा किन्ने पैँसाले कुल ३०० एमबी डेटा पाउन सकिने छ । त्यसैगरी कर बाहेक रु ७५ (कर सहित रु ९५ंंं.७७) शुल्कमा आउने ५०० एमबीको खरिदमा थप १५०० एमबी फोरजी डेटा बोनस स्वरुप पाउनेछन् । यसरी कुल २००० एमबी डेटा पाउन सकिनेछ ।

यो अफर बिहीबार (कार्तिक ८) बाट लागु भई १५ दिन सम्मका लागि संचालनमा रहने छ । 

उक्त अफर एक्टिभेट गर्न ग्राहकले सजिलैसँग एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ४४ ह्यास डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन् । यस अफर अन्तर्गत पाईने बोनस डेटा भोल्युम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिम प्रयोग गरी फोरजी नेटवर्क संचालनमा रहेका स्थानहरुमा चलाउन सकिनेछ ।   

यो डेटा बिहान ५ देखि साँझ ५ बजेको समयमा प्रयोग गर्न सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया