२ किलो चाँदी सहित भुटानी नागरिक पक्राउ

४ बर्ष अगाडि

२ किलो चाँदी सहित भुटानी नागरिक पक्राउ परेका छन । विमानस्थलको सुरक्षामा खटिएको प्रहरी टोलीले डुक एयरको उडानमार्फत भुटान जान लागेको अवस्थामा उनिलाई पक्राउ गरेको हो  । राहदानी नम्बर जी १२८३२ बाहक ५१ बर्षीय गारव दोर्र्जेलाई सोमबार राती पक्राउ गरिएको हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, श्यामलाल ज्ञवालीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ‘होल्ड ब्यागेज’ जाँच गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट ९९९ लेखिएको बिस्कुट आकारमा १४ वटा टुक्रा चाँदी फेला पारिएको जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया