नारायणगढ —मुग्लिन सडक एक महिनामा १७ स्थानमा पहिरो,  ७६ घण्टा जाम

५ बर्ष अगाडि

भरतपुर- नारायणगढ–मुग्लिन खण्डमा सडक एवं पुल नै भासिएपनि त्यस क्षेत्रमा तत्काल डाइभर्सन भने नबन्ने भएको छ । वर्षात्को सिजन भएकोले यो वेला पहाड काट्दापहिरोको जोखिम झन बढी हुने भन्दै नारायणगढ–मुग्लिन सडक आयोजनाले डाइभर्सन बनाउने जोखिम नलिने भएको हो ।

“हिउँद नलागी यो वर्षात्मा डाइभर्सन गर्न सकिँदैन”, नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालले भने, “पुल भासिएको वा सडक भासिएको ठाउँमा अहिले ‘वान वे’ (एकोहोरो ) तरिकाले सवारी साधन सञ्चालन गरिएको छ । यो वर्षाद्को सिजनभरि नै जारी रहने छ ।”

“अहिले पनि सडक भन्दा माथिको भागवाट छहरा जसरी पानी झरिरहेको छ । यस्तो वेला पहाडको चट्टान काट्न लाग्यो भने पहिरोको जोखिम बढी हुन्छ”, सडक डाइभर्सनमा देखिने चुनौतीबारेऔँल्याउँदै प्रमुख विसुरालले बताए ।गाेरखापत्रमा खबर छ । 

पुनःनिर्माणकै क्रममा रहेको नारायणगढ —मुग्लिन सडककोे काम नसकिँदै १७ किलो र भतेरी ओरालोमा सडक नै भासिएको छ भने मुग्लिन नजिकै पर्ने खहरे खोला पुल पनि सडक छेउबाट भासिएको छ । 
सडक भासिएसँगै भूगर्वविद् अच्यूत कोइरालाको नेतृत्वको विज्ञहरूको टोलीले सडकको स्थलगत निरीक्षण गर्दै पुरिएको माटोमाथि सडक विस्तार र तलवाट त्रिशूली नदीको कटान भएकै कारण सडक भासिएको जनाउँदै नयाँ ठाउँमा डाइभर्सन वनाएर सडक सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको थियो । तर आयोजनाले भने वर्षाद्को सिजनमा पहाड काटेर डाइभर्सन वनाउन नसकिने जनाएसँगै यो सडकमा यात्रा गर्ने यात्रुले थप हैरानी ब्यहोर्नुपर्ने भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया