कानुनमन्त्री शेरबहादुर तामाङले केही दिनअघि बोलेको आफ्नो अभिव्यक्तिलाई लिएर आत्मआलोचना गरेका छन् ।

५ बर्ष अगाडि

साउन ४ गते प्राक्सिस इन्टरनेशनल एकेडेमी विद्यालयका एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा उनले बंगलादेशमा चिकित्सा शिक्षामा अध्ययनरत नेपाली विद्यार्थीहरुको बारेमा टिप्पणी गरेका थिए ।

उक्त अभिव्यक्तिलाई लिएर मन्त्री तामाङको चर्को आलोचना भएपछि आज एक विज्ञप्ति जारी गरी उनले आत्मआलोचना गरेका हुन् ।

मन्त्री तामाङले बंगलादेशमा अध्ययनरत नेपाली छात्राले पछिल्ला दिन निकै कष्टकर जीवन व्यतित गर्नुपरेको र आत्महत्या समेत गर्नुपरेको भन्दै कडा टिप्पणी गरेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया