डेपुटी गभर्नर श्रेष्ठमाथी छानबिन गर्न बनाइएको समितिले अर्को हप्ता प्रतिवेदन बुझाउने

४ बर्ष अगाडि

डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न बनाइएको समितिले छानविनका सबै काम सकिएको बताएको छ । 
समितिले अर्को साता आफ्नो रायसहितको सुझाब बुझाउने भएको छ।

राष्ट्र बैंकको सञ्चालक समितिले गठन गरेको समितिले श्रेष्ठसँग सोधपुछ गरि आफ्नो सुझाब बुझाउने तयारी गरेको छ।

समितिले लगभग सबै काम सकिएको बताएको छ । 
श्रेष्ठसँग अहिलेसम्म कुनै लिखित वा मौखिक स्पष्टीकरण भने नमागेको पनि समितिले बताएको छ ।

सरकारले श्रेष्ठमाथि तीन वटा आरोप लगाउँदै त्यसको छानबिन गर्न राष्ट्र बैंक सञ्चालक समितिलाई निर्देशन दिएको थियो। श्रेष्ठमाथि अनुसन्धान गर्न पौडेलको संयोजकत्वमा रामजी रेग्मी र डा. सुवोधकुमार कर्णको समिति गठन गरिएको छ। समिति गठनसँगै श्रेष्ठ निलम्बनमा छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया