पर्यटन बोर्डमा नाटकः सीईओका लागि आवेदन खुलाएर बहालावाला सीईओको नै म्याद थप

४ बर्ष अगाडि

काठमाडौं – नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिपकराज जोशीको पदावधि ४ महिना थप गरिएको छ । उनको कार्यकाल आगमी पुसको पहिलो साता सकिने वाला थियो । सोही कुरालाई दृष्टिगत गर्दै बोर्डले बुधबार नै नयाँ सीइओका लागि आवेदन खुल्ला गरेको थियो । तर, बुधबार साझँ पर्यटन मन्त्रालयले जोशीको पदावधि ४ महिना थप गरिदिएको छ । यद्यपि, नयाँ सीइओको लागि आवेदन प्रक्रिया भने अगाडि नै बढ्ने छ । 
पुसपछि थप जोशीलाई चार महिना सम्म निरन्तरता दिएर नै नयाँ सीइओको छनोट प्रक्रिया अगाडि बढाउने मन्त्रालयको योजना छ । नयाँ सीईओ छनोट गर्न समय लाग्ने भएकाले यस्तो गरिएको मन्त्रालयको भनाइ छ । एक स्रोतले भन्यो, ‘भ्रमण बर्ष नजिक आइरहेको छ । त्यसलाई मध्येनजर गर्दै यस्तो निर्णय लिएका हुन् ।’
बोर्ड नेतृत्व विहनि हुँदा नकरात्मक संन्देश जाने मन्त्रालयको भनाइ छ ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया