नेपालदेखि बाहिरीन्छ बार्षिक १० अर्ब रेमिट्यान्स

४ बर्ष अगाडि

काठमाडौं – नेपालदेखि बार्षिक १० अर्ब रूपैयाँ भन्दा बढी रेमिट्यान्स (विप्रेषण) बाहिरीने गरको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार गत आवमा नेपालदेखि रू. १० अर्ब ८० करोड रेमिट्यान्स विभिन्न देशमा पठाइएको छ ।
चालु आवको पहिलो तीन महीनामा पनि रू. १ अर्ब ३१ करोड रेमिट्यान्स बाहिरीएको छ । यो गत आवको पहिलो त्रैमासको भन्दा २१ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा रू. १ अर्ब ८ करोड रेमिट्यान्स बाहिरीएको थियो । यद्यपि, राष्ट्र बैंकसँग कुन देशमा कति रेमिट्यान्स गयो भनेर तथ्यांक भने छैन । तर, भारतमा सबैभन्दा बढी रेमिट्यान्स जाने अनुमान गरिएको छ ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार नेपालदेखि बाहिरीने रेमिट्यान्स बढ्दै गएको छ  । आव २०७३÷७४ मा रू. ३ अर्ब ९१ रेमिट्यान्स बाहिरीएको थियो । यस्तै, आव २०७४÷७५ मा रू. ५ अर्ब ८० करोड रेमिट्यान्स बाहिरीएको तथ्यांकले देखाउछन । गत आवमा त्यो ८६ प्रतिशतले बढेर रू. १० अर्ब ८० करोड पुगेको छ ।
नेपालमा कार्यरत विदेशी कामदारले यतिका रकम रमेट्यिान्स मार्फत विदेश पठाएका हुन् । पछिल्लो समय नेपालमा विदेशी कामदारको संख्या बढ्दै गएको छ । जसको पलस्वरुप विदेशीने रेमिट्यान्स बढ्दै गएको राष्ट्र बैंकको भनाइ छ । पछिल्लो समय एयरलाइन्स, होटेल, बैंक, उद्योग जस्ता क्षेत्रमा विदेशी कामदारको संख्या बढेको छ । यस्तै, नेपालका बिभिन्न क्षेत्रमा बैदशिक लगानी आएपछि पनि सम्बन्धी उद्योग÷कम्पनीमा विदेशी कामदार आएका छन् ।  
यद्यपि, निर्माण जस्ता कामदारहरुले अझै औपचारिक रुपमा पैसा पठाउने गरेका छैनन् । नेपालको निर्माण क्षेत्रमा भारतीय कामदार बढी देखिन्छन् । तर, उनीहरुले यहाँ कमाएको पैसा नगर बोकेर नै घर जान्छन् । यदि, उनीहरूले औपचारीक रुपमा पैसा पठाउने हो भने विदेशीने रेमिट्यान्स अझै बढ्ने राष्ट्र बैंकको भनाइ छ । 
राष्ट्र बैंकले यतिका रकम बाहिरीनुलाई स्वभाविक रुपमा लिएको छ । नेपालमा आर्थिक बृद्धिदर बढीरहेको बेला यतिका रकम बाहिरीनु स्वभाविक भएको राष्ट्र बैंकका एक अधिकारीले बताए । उनले भने, ‘अहिले मुलुकको आर्थिक बृद्धिदर बढेको छ । यदि, आर्थिक बृद्धिदर घटेको भए यस बिषयमा सोन्नुपर्ने अवस्था आउने थियो ।’

४ बर्ष अगाडि

प्रतिक्रिया