छोरा परीक्षा केन्द्रमा पस्ने वित्तिकै बाबु बेहोस

साउन २९, २०७५ | आजको अर्थ
ajaako_artha

प्रेम सुनार
गुल्मी– गुल्मीमा एसईई पुरक परीक्षा केन्द्रको गेटभित्र छोरा पठाएर बाईबाईको हात हल्लाएका एक बाबु उतिवेलै ढलेर सधैका लागि बिदा भएका छन् ।
 सदरमुकाम तम्घासको रेसुङ्गा माध्यामिक विद्यालयको परीक्षा केन्द्रमा छोरा कृष्पन श्रेष्ठलाई पठाएर फर्किने क्रममा ढलेका रुरु गाउँपालिका वडा नम्वर–१, रिडी बजारका ५५ बर्षिय कृष्णमान श्रेष्ठ हृदयघातका कारण सधैका लागि संसारबाट बिदा भएका हुन् । 
नेपाल कम्युनिष्ट पार्टी रुरु–१, वडा कमिटीका सदस्य रहेका श्रेष्ठ गत चार दिनदेखि छोरालाई परीक्षा दिलाउन तम्घास आएका थिए ।  श्रेष्ठको आजै कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले उनको घरमा लगेर रिडीमा अन्त्येष्ठी गर्ने साविक एमालेको युवा संघ नेपालका पुर्व अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए  । 
भण्डारीका अनुसार छोराले परीक्षा नसक्दा सम्म घटनाबारे जानकारी दिइएको थिएन । परीक्षा सकिएलगत्तै बाबु विरामी परेर पाल्पा लगिएको भन्ने जानकारी दिएको भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.५३११४.१३
European Euro१२६.८३१२७.५०
UK Pound Sterling१४७.२८१४८.०६
Swiss Franc११५.३५११५.९६
Australian Dollar७७.८४७८.२५
Canadian Dollar८६.४९८६.९५
Singapore Dollar८३.२१८३.६५