बैंकले ऋणपत्रको पैसा शतप्रतिशत मात्रा लगानी गर्न पाउने, ऋणीको कुल आय गणना गर्नुपर्ने

४ बर्ष अगाडि

काठमाडौं – अब बैंकहरुले ऋणपत्र मार्फत उठेको सबै पैसा कर्जा स्वरुप प्रवाह गर्न पाउने भएका हुन् । बैंक तथा वित्तिय संस्थाले ५ बर्षको सो भन्दा बढी अवधीको ऋणपत्र जारी गरेर उठेको पैसा शतप्रतिशत मात्रामा कर्जा स्वरुप प्रवाह गर्न पाउने भएका हुन् । 
राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । साथै, तथा विदेशी बैंक तथा वित्तिय संस्थाबाट विदेशी मुद्रामा ल्याइने ऋणको पैसा पनि शतप्रतिशत मात्रामा कर्जा स्वरुप प्रवाह गर्न पाइने व्यवस्था गरिएको छ । ३ बर्ष वा सो भन्दा बढी अवधीका लागि विदेशी मुद्राको लिएमा शतप्रतिशत मात्रामा कर्जा प्रवाह गर्न पाइने छ । 
साथै, बैंकले कर्जा प्रवाह गर्दा ऋणीको बार्षिक कुल आय गणना गर्नुपर्ने बताइएको छ । कर चुक्ता प्रमाण पत्र लगायतका आधारमा ऋणीको कुल आय गणना गर्नुपर्ने बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया