घरमा भन्दा विद्यालयमा रमाउँछन् बालबालिका

४ बर्ष अगाडि

भनिन्छ ‘बालबालिकाका लागि घर पहिलो पाठशाला, त्यसपछि विद्यालय हो ।’ तर घरको जस्तै माया र वातावरण पायो भने विद्यालयलाई पनि बालबालिकाले घरजस्तै सम्झन्छन् । यसको उदाहरण दिएको छ ‘मानसी किड्स प्यालेस’ले, जहाँ बालबालिकाहरु घरमा जस्तै खुसी हुन्छन, रमाउँछन र पढ्छन् ।  

काठमाडौंको डिल्लिबजारमा अवस्थित मानसी किड्समा पारिवारिक वातावरणमा पठनपाठन र मनोरञ्जनात्मक क्रियाकलापका कारण बालबालिकाहरुले घरजस्तो रमाउने गरेको अविभावकहरुले बताएका छन्। 

साना बालबालिकाहरुको शारीरिक र मानसिक विकासलाई ध्यान दिँदै शिक्षाको जग बसाल्नका लागि पारिवारिक वातावरण निर्माण गरिएको प्यालेसकी प्रिन्सिपल सीता अर्याल बताउँछिन् ।

‘हाम्रो प्रयास बच्चाको शैक्षिक जग बसाल्न मात्रै नभई बालबालिकालाई सामाजिक भावना जगाउन, शारीरिक एवं मानसिक विकासको लागि टेवा पुर्याउन र आत्मविश्वास बढाउनका लागि पनि हामीले पाठशालामा पारिवारिक वातावरण निर्माण गरेका छौँ’, अर्याल भन्छिन्, ‘त्यसका लागि आफ्नो उमेर समुहका बच्चाहरुसँगै घुलमिल, दोहोरो संवाद गर्ने तथा स्वतन्त्रतापूर्वक काम गर्न सिकाउने र सांस्कृतिक र प्राकृतिक महत्व बुझाउने लगायतका क्रियाकलापमा ध्यान दिने गरेका छौँ ।’ 

यसले गर्दा व्यस्थ अभिभावकका लागि आफ्ना बच्चाहरुको हेरचाह गर्न कुनै चिन्ता नहुने र घरमा जस्तै परिवारिक वातावरणबाट बाहिर आई सबै खाले चुनौतीको सामना गर्न सक्ने उनको भनाई छ । त्यसैलाई लक्षित गरेर पाठशालामा आवस्यक पूर्वाधार निर्माण गरिएको छ । 

बालबालिकालाई खेलन र मनोरञ्जनका लागि फराकिलो ठाउँ आवस्यक पर्ने भएकोले तीन रोपनी जग्गामा निर्माण गरिएको मानसी किड्स प्यालेसमा प्रसस्त फराकिलो ठाउँ र मनोरम दृष्यले साँच्चै नै साना बच्चाको लागि दरवार जस्तै लाग्ने सञ्चालकहरुको भनाई छ । त्यसका साथै स्विमिङ्ग पुल, फराकिलो र उज्याला कक्षाकोठा, शान्त वाातावरण, चारैतिर हरियाली र ठूलो  बगैचाले यस प्रि–स्कूललाई अरु भन्दा फरक बनाएको स्कूलका निर्देशक दीपकराज भुसाल बताउँछन् । ‘हामीले सानो अप्ठेरो ठाउँमा सञ्चालित  पूर्व प्राथमिक विद्यालय (प्रि–स्कुल) भन्दा फरक सोचका साथ यस  स्कुलको स्थापना गरेका छौँ,’ उनले भने ‘त्यस्तो प्रयास गरिएको छ कि यस स्कुलको परिवेश कुनै विदेशी प्रि स्कुल भन्दा कम नहोस् र वातावरण आफ्नै घर जस्तो हो ।’ 

विद्यालयले मोन्टेस्वरी ल्याबमा विद्यार्थीको शारीरिक मानसिक र शैक्षिक विकासलाई मद्दत गर्ने विभिन्न खालका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप गराउने साथै श्रव्यदृश्य कक्षाका माध्यमबाट बालबालिकाहरुको सर्वाङ्गीण विकासमा विशेष ध्यान दिने गरिएको छ । 

बालबालिकालाई मात्रै होईन बेला बेलामा अभिभावकहरु बेलाई आफ्ना बाबु नानीहरुलाई कसरी हुर्काउने, के गर्ने के नगर्ने भन्ने कुराको तालिम दिइन्छ । साथै दैनिक बच्चाले गर्ने  क्रियाकलाप अभिभावकहरुलाई जानकारी गराने सो विद्यालयमा नेपाली परिवेश अनुसार र प्राथमिक तहलाई सहयोगी आफ्नै पाठ्यक्रम बनाई पढाइ हुने यस पूर्व  प्राथमिक विद्यालयमा मोन्टेस्वरी तालिम लिएका र अनुभव प्राप्त शिक्षिकाहरुबाट पढाई हुने गरेको निर्देशक भुसालको भनाई छ । 

सानो  ठाँउमा खोलिएका प्रि स्कुलमा बच्चाको शारीरिक विकास सम्भव नहुने भएकाले स्कुल तीन रोपनीको फराकिलो ठाउँमा स्थापित गरिएको यस संंस्थाका निर्देशक सन्ध्या पाठक बताउँछिन् । 

जहाँ स्कुलमा  विद्यार्थीहरुलाई खेल्ने प्रशस्त सामाग्रीहरु र स्थान उपलब्ध छ । ‘साथै शारीरिक विकासमा पौडीको अत्यन्त ठूलो भूमिका हुने हुँदा स्कुलले आफ्नै स्विमिङ  पुलको समेत स्थापना गरेका छौं’ पाठकले भनिन् । 

साना बालबालिको शैक्षिक मात्र नभएर  मानसिक र शारीरिक विकासमा पनि ध्यान दिएको स्कुलले बच्चाहरुको हेरचाह र उचित स्याहर सम्भारलाई प्राथमिकतामा राखेको जनाएको छ । 

कक्षाकठोमा र स्कुलको विशेष निगरानी गर्न सिसिटिभी जडान गरिएको विदालयमा बच्चाहरुको स्वास्थ्यलाई पहिलो  प्राथमिकतामा राखी सफा र स्वस्थ्य हुन अपनाउनु पर्ने सम्पूर्ण कुराहरु अपनाइएको छ । ‘सफा भान्छा र स्वच्छ पौष्टिक खानेकुरा दिनको ३ पटक खुवाउने गरिन्छ’ पाठक भन्छिन्, ‘बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको विद्यालय समय रहेको यस स्कुलले जागिरे अभिभावकलाई मध्यनजर राखेर ५ बजेसम्म पनि बालबालिकाहरुलाई विद्यालयमै बस्ने बन्दोबस्त मिलाइएको छ ।’ 

पैदल आउन सम्भव नभएका नानीबाबुहरुलाई ख्याल गरेर सुविधा सम्पन्न भ्यानको पनि व्यवस्था गरेको विद्यालयले जनाएको छ । ‘यी कारणले गर्दा स्थापनाको छोटो समयमानै अभिभाबकको धेरै विश्वास जित्न हामी सफल भएका छोैँ,’ निर्देशक पाठक भन्छिन्, ‘यसैबाट उत्साहित भएर यस वर्षबाट यस स्कुलले कक्षा ५ सम्म सञ्चालन गर्ने योजना बनाइएको छ ।’

आगामी १६ गते श्रीपञ्चमी तथा विद्याकी देवी सरस्वतीको आरधना गर्ने र आफ्ना साना बालबालिकालाई अक्षर आरम्भ गराउने शुभ दिनका लागि विशेष प्याकेज ल्याएको विदालयले जनाएको छ ।

‘अभिभावकहरुले आप्mना बालबालिकालाई प्रि–स्कुल भर्ना गर्नेबारे सोच बनाइरहनु भएको छ भने आफुलाई पायक पर्ने मानसी किड्सलाई सम्झिन सक्नुहुन्छ’, निर्देशक भुसालले भने । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया