नेप्सेको ओरालो यात्रा कायमै, सात अंकले घट्दा १ अर्ब  ५८ करोडको कारोबार

४ बर्ष अगाडि

साताको चौथो कारोबारका दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ७.०५ अंकले ओरालो लागेको छ ।

तिन दिन देखी लगातार घट्दो क्रममा रहेको शेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको हो ।

आज कारोबार सुरु भएको केही समयमै उकालो लागेको परिसूचक केही समय पछि पुन ओरालो लागेको थियो ।

त्यस्तै आज सेन्सेटिभ परिसूचक पनि २.१३ अंकले तल झरेको छ ।

आज १३२०.४७ को बिन्दुबाट सुरु भएको कारोबार अन्तिमख अवधी सम्म आउँदा १३१३.४२ को बिन्दुमा झरेको छ । आज ११ बजे १३२०.४७ को  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.५३ प्रतिशतले घटेको छ।

त्यस्तै आज कारोबारमा आएका १७८ कम्पनीको ४९ लाख १४ हजार कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५८ करोड बराबरको कारोबार भएको छ ।

आज सबै भन्दा धेरै कारोबार गर्नेमा ग्लोबल आइएमई बैंकको शेयर रहेको छ । ग्लोबल आइएमई बैंकले मात्र आज ६१ करोड बराबरको शेयर कारोबार गरेको छ । त्यस्तै सबै भन्दा थोरै हिमालयन डिस्टिलरी २ करोड ४७ लाख बराबरको कारोबार गरेको छ ।

आज कारोबारका लागी आएका १२ उपसमूह मध्यको जीवन बिमा मात्र उकालो लागेको छ भने बाँकी ११ उपसमूह ओरालो लागेका छन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया