सोनाम ल्होसार पर्वमा बिदा

४ बर्ष अगाडि

तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा सिरहाको धनगढीमाई नगरपालिकाले माघ १० गते शुक्रबार बिदा दिएको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले आज विज्ञप्ति जारी गर्दै माघ ११ गते शनिबार सोनाम ल्होसार पर्व परेकाले अघिल्लो दिन बिदा दिइएको जानकारी दिए । 

सोनाम ल्होसार पर्वका अवसरमा शुक्रबार नगरपालिका र वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायत सम्पूर्ण सरकारी कार्यालयमा बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।

यस नगरक्षेत्रमा तामाङ समुदायको बसोबास रहेको छ ।   

४ बर्ष अगाडि

प्रतिक्रिया