सहकारीलाई समृद्धिसँग जोड्नुपर्छ: मन्त्री अर्याल

४ बर्ष अगाडि

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानलाई समृद्धिसँग जोड्नुपर्ने बताएकी छिन । 

तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाको १३औँ स्थापना दिवस तथा नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा सहकारी संस्था लाग्नुपर्छ भनिन । राजनीतिक परिवर्तनको आन्दोलन सकिएर मुलुक समृद्धिको बाटोतर्फ हिँडिरहेको चर्चा गर्दै मन्त्री अर्यालले भनिन,“अबको बाटो समाजवादोन्मुख हुनुपर्छ, समाजवादमा पुग्नका लागि आर्थिक क्रियाकलाप बढाउनुपर्छ ।” 

सहकारीलाई गुणात्मक विकास, सुशासन कायम गर्न नीति, कानून निर्माण गरिएको भन्दै उहाँले सहकारीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिइन। 
सोही अवसरमा मन्त्री अर्यालले सहकारीले रु ७८ लाख ६२ हजारको लागतमा निर्माण गरेको  भवनसमेत उद्घाटन गरेकि थिइन । 

विसं २०६३ मा ३२ सदस्यबाट स्थापना भएको सहकारीमा हाल दुई हजार २६५ शेयर सदस्य आबद्ध छन् । 

रु छ करोड ७२ लाख ७७ हजार शेयर पूँजी रहेको सहकारीले रु १८ करोडभन्दा बढीको कारोवार गरेको सहकारीका अध्यक्ष प्रदीप अधिकारीले जानकारी दिए। 

सहकारीले बाल बचत, ज्येष्ठ नागरिक बचत, व्यास नमूना खातालगायतका सेवा प्रवाह गर्दै आइरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया