दृष्टिविहीनलाई सेतो छडी प्रदान

४ बर्ष अगाडि

सोनाम ल्होछारका अवसरमा बैदाम तामाङ सेवा समाजले दृष्टिविहीनलाई सेतो छडी वितरण गरेको छ ।

समाजद्वारा निर्माण गरिएको रिञ्छिन तोर्जेट तामाङ शान्ति गुम्बामा शनिबार आयोजित कार्यक्रममा अपाङमैत्री सङ्घ कास्कीलाई सेतो छडीसहित रु १० हजार नगद प्रदान गरिएको छ ।
 
नेपाल तामाङ घेदुङ गण्डकीका अध्यक्ष हरिजंग तामाङले ल्होछार एकताको चाड भएको बताउँदै भाषा र संस्कृतिले नै जातिको अस्तित्व बचाइराख्ने विश्वास व्यक्त गरेका थिए । 

हेल्पिङह्याण्डका अध्यक्ष दिनेश थापाले छिमेकी देश चीनबाट फैलिएको कोराना भाइरसको  सङ्क्रमण, लक्षण र रोकथामका उपायबारेमा जानकारी गराएका थिए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया