यस्तो रह्यो आजको शेयर बजार

५ बर्ष अगाडि

आज सेयर बजारमा सुधार आएको छ । बजार १.३७ अंकले बढेर बन्द भएको छ । १२ प्रतिशतले बढेको बजारमा १९ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ । नयाँ आर्थिक वर्षको दोस्रो महिना हुँदा समेत सेयरमा लगानीकर्ताको चासो नदेखिदा कारोबार निकै न्युन छ । साउन÷भदौ सेयर बजारको सिजन भनेपनि यसपटक धेरै अघिदेखि घटेको बजारमा कारोबार फष्टाउन सकेको छैन । 
आज जलविद्युत, जिवन बिमा र अन्य समुह घटेको छ भने  बाँकी सबै समुहमा सुधार देखिन्छ । जलविद्युत समुह ३.४ अंकले घटेको छ । जीवन बिमा समुह ३१.०३ अंकले घटेको छ भने अन्य समुह ०.८ अंकले घटेको छ ।  
यता उत्पादन तथा प्रशोधन तर्फ १२.२६ अंकले बढेको छ भने होटल समुह १२.२४ अंकले बढेको छ । विकास बैंक ८.६७ अंकले बढेको छ । नीर्जिबन बिमातर्फ ८.६७ अंकले बढेको छ । बैंकिङ समुह १.८९ अंकले बढेको छ । 
आज सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्सको एक करोड ६३ लाख रुपैया कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया