यसरी गरियो तार भुमिगत गर्ने कामको सुरुवात (फोटो फिचर)

४ बर्ष अगाडि

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरण सहित स्वचालित गर्ने उद्देश्यले पहिलो चरणमा रत्‍नपार्क र महराजगञ्‍ज वितरण प्रणलीलाई  भुमिगत गर्न सुरु गरेको छ । सोमरबार प्रधानमन्त्री केपी शर्मा ओलीले यसको शुभारम्भ गरेका हुन् । 
महाराजगञ्‍ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरु बालुवाटार, बुढानिलकण्ठ, टोखा, गोंगबू, महाराजगञ्‍ज, आदि स्थानहरुमाकरिब २५० किलोमीटर ११००० भोल्टेजको भूमिगत लाइन तथा करिब ४०० किलोमीटर ४०० भोल्टेजको भूमिगत लाइन निर्माणको साथै करिब २५० किलोमीटर अप्टिकल फाइबर भूमिगत बिछ्याइनेछ।
त्यसैगरि रत्‍नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरु न्यूरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चावहिल जोरपाटी आदि स्थानहरुमा करिब २०० किलोमीटर ११००० भोल्टेजको भूमिगत लाइन तथा करिब ४०० किलोमीटर ४०० भोल्टेजको भूमिगत लाइन निर्माणको साथै करिब २०० किलोमीटर अप्टिकल फाइबर भूमिगत बिछ्याइनेछ।

हेर्नुहोस् तस्वीरहरु

४ बर्ष अगाडि

प्रतिक्रिया