काँग्रेसद्वारा भ्रष्टाचारको खोजी गरी सार्वजनिक गर्न निर्देशन

४ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रालयमा के कस्ता अनियमितता र भ्रष्टाचारका घटना भइरहेका छन् भन्ने सम्बन्धमा अध्ययन गरी सार्वजनिक गर्न दलका विषयगत मन्त्रालय हेर्ने संयोजकलाई निर्देशन गरेको छ ।  काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीका विषयगत मन्त्रालय हेर्ने संयोजकहरुको आज बसेको बैठकले सो निर्णय गरेको राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए। 

बैठकमा पछिल्लो समयमा सार्वजनिक भएको सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अडियो प्रकरण जस्तै अन्य मन्त्रालयमा पनि नीतिगत र व्यक्तिगत अनियमितता तथा भ्रष्टाचारका घटना हुन सक्ने जनाउँदै बैठकमा विषयगत मन्त्रालय हेर्ने संयोजकले चनाखो भएर अध्ययन गर्नुपर्ने विषयमा छलफल भएको उनले बताए ।  बैठकमा विषयगत मन्त्रालय हेर्ने संयोजकहरुलाई मन्त्रालयसँग सम्बन्धित विधेयक र नीतिका बारेमा समेत अध्ययन गरी पार्टीको धारणा बनाउनुपर्ने बारेमा छलफल भएको  थियो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया