अष्ट्रेलियाले पत्ता लगायाे कोरोना भाइरस ४८ घण्टाभित्र मार्ने औषधी, मानव परीक्षणका लागि कम्तिमा एक महिना लाग्ने

४ बर्ष अगाडि

अष्ट्रेलियाले ४८ घण्टाभित्र कोरोना भाइरसको सेललाई पूर्णरुपमा मार्न सक्ने औषधी पत्ता लगाएको दाबी गरेका छन् ।

मोनाश विश्वविद्यालयका वैज्ञानिकहरुले हालै गरेको अनुसन्धानको क्रममा कोरोना भाइरसको सेल मार्ने औषधी पत्ता लगाएको दावी गरेका हुन् । 

इभर्मेक्टिन एफडीए अनुमोदिन परजीवी विरुद्धको औषधीको एकपटक मात्रैको सेवनले बढीमा ४८ घण्टा र कम्तिमा २४ घण्टाभित्र भाइरल आरएनएलाई नष्ट  गर्ने वैज्ञानिकहरुको दावी रहेको डेली मेलले लेखेको छ । 

गएको डिसेम्बरमा कोरोनाभाइरस शुरु भएदेखि विश्वभरिका हजारौं अनुसन्धानकर्ता  एवम् वैज्ञानिकहरुले युद्धस्तरमा अनुसन्धान गरिरहेको बेला अष्ट्रेलियाले यो खुसी ल्याएको हो । 

अष्ट्रेलियाली वैज्ञानिकहरुले पत्ता लगाएको उक्त परजीवी औषधीले  औषधीको एक पटक सेवन गरे मात्रै कोषभित्र रमाउने सार्स–कोभ–२ भाइरसलाई मार्न सक्ने जनाएका छन् । 

‘मोनाश बायोमेडिसिन डिस्कोभरी इन्स्टिच्युटका डा। काइली वागस्टाफले एक खुराकले भाइरल आरएनलाई नष्ट गर्ने बताए’, डेली मेल लेख्छ, ‘‘उक्त औषधी जुम्रा र लुत्तो रोकथाममा प्रयोग हुन्छ, इभरमेक्टिन एचआइभी, डेंगी र इन्फ्लुएन्जा रोकथाममा समेत प्रभावकारी हुने बताइएको छ ।’

तर एन्टीभाइरस रिसर्च जर्नलमा प्रकाशित उक्त अनुसन्धानको परीक्षण मानवमा गर्न बाँकी रहेको छ । 

अब वैज्ञानिकहरुले उक्त औषधीको मानवलाई आवश्यक खुराक निर्धारण गर्ने र कति खुराक खुवाए मानव स्वास्थ्य सुरक्षित रहने निर्धारण भएपछि मानवमा परीक्षण गरिनेछ ।

“विश्व समुदाय महामारीको चपेटामा छन्, अहिलेसम्म अनुमति प्राप्त उपचार आएको छैन्, कुनै ‘कम्पाउन्ड’ विश्वमा पहिले उपलब्ध भएको भए मानवलाई छिट्टै सघाउ पुग्थ्यो”–डा. वाग्स्टाफले बताए । 

मानव परीक्षणका लागि कम्तिमा एक महिना लाग्ने भएोले विश्वब्यापी रुपमा उक्त खोप उपलब्ध हुन केही समय लाग्ने उनले बताए ।  इभरमेक्टिनलाई कोरोना विरुद्ध प्रयोग गर्नुअघि मानवमा प्रयोगशाला परीक्षण आवश्यक हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया