डोटी, अछाम र जुम्लामा पनि -यापिड टेष्ट गर्ने उच्चस्तरीय समितिको निर्णय

४ बर्ष अगाडि

सरकारले डोटी, अछाम र जुम्ला जिल्लामा पनि कोरोना भाइरसको -यापिड टेष्ट गर्ने भएको छ । 

नोभल कोरोना (काेभिड १९) रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बढी प्रभावित जिल्लहरु कैलाली कंचनपुरमा र बागलुङमा शुरु गरेको -यापिड टेष्ट थप तीन जिल्लामा विस्तार गर्ने निर्णय गरेको हो । 

नेपाल कोरोना संक्रमणको दोश्रो चरणमा प्रवेश गरेकोले समुदायमा संक्रमण फैलिन सक्ने अवस्था रहेको छ । 

सोही कारण कोरोना संक्रमित भेटिएका कैलाली, कञ्चनपुर र बागलुङका संक्रमितका परिवार, समुदाय र विदेशबाट आएकाहरुको -यापिड डाइग्नोष्टिक टेष्ट गर्ने निर्णय गरिएको थियो । 

अब सो जाँच अन्य तीन जिल्लामा पनि विस्तार भएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया