साउथ सुपरस्टार अल्लू अर्जुनको ३७ औं जन्मदिन

४ बर्ष अगाडि

साउथ सुपरस्टार अल्लू अर्जुन बुधवारबाट ३७औं वर्षमा प्रवेश गरेका छन् । सन् १९८३ अप्रिल ८ मा उनको जन्म भारतको चेन्नईमा भएको थियो । उनी निर्माता अल्लू अरविन्दका छोरा हुन् । अल्लू अर्जुन एक कुशल अभिनेतासँगै सानदार डान्सर पनि हुन् । उनको फ्यान फलोइंग विश्वभर छ । उनले आफ्नो जन्मदिनको अवसरमा नयाँ फिल्म ‘पुष्पा’ को फर्स्ट लुक सार्वजनिक गरेका छन् ।
 
हरेक प्रकार भूमिकालाई जीवन्त ढंगबाट प्रस्तुत गर्न सक्ने अभिनेता अल्लू अर्जुनले आफ्नो करिअरको सुरुवात बाल कलाकारको रुपमा सन् १९८५ मा आएको फिल्म ‘विजथा’ बाट गरेका थिए । उनले सन् २००३ मा प्रदर्शनमा आएको फिल्म ‘गंगोत्री’ बाट लिड अभिनेताको रुपमा डेब्यू गरेका थिए । उनले सन् २०११ मा स्नेहा रेड्डीसँग विवाह गरेका थिए । उनीहरुका दुई सन्तान छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया