भाषा मुखर्जी : उनले मिस इंग्ल्यान्डको ताज निकालेर, चिकित्सा पेशामा फर्किन्

४ बर्ष अगाडि

कोरोना भाइरस संक्रमणको कारणले आएको संकटलाई ध्यानमा राख्दै, २०१९ मा मिस इंग्ल्यान्ड भएकी भाषा मुखर्जीले उनको क्राउन निकालेर आफ्नो  पुरानो चिकित्सा पेशामा फर्कने निर्णय गरेकी छिन् । 
 

भारतीय मूलकी भाषा मुखर्जी एक बेलायती नागरिक हुन् र उनले आफ्नो बाल्यकाल कोलकातामा बिताइन् । जब उनी ९ वर्षकी थिइन तब उनको परिवार ब्र्रिटेन गएको थियो । उनी अगस्ट २०१९ मा मिस इंग् ल्यान्ड चुनिएकी थिइन ।

सीएनएनलाई दिएको एक अन्तर्वार्तामा भाषाले भनिन् उनी गत हप्ता बेलायत फर्किएकी थिइन । मिस इंग्ल्यान्डमा चुनिएदेखि उनी विश्वका विभिन्न स्थानहरूमा मानवीय कार्यमा भाग लिइरहेकी छन् । । मिस इंग्ल्यान्डमा निर्वाचित हुनु भन्दा पहिले, बोस्टनको पिलग्रीम अस्पतालमा जूनियर डाक्टर थिइन्  उनी श्वास रोगकी विशेषज्ञ हुन् ।

अन्तर्वार्तामा भाषाले भनेकी छन् ,मुलुकमा कोरोना संक्रमणको बढ्दो घटनालाई ध्यानमा राख्दै उनले अस्पताल फर्कने निर्णय गरेकी छन किनभने देशलाई उनको आवश्यकता छ ।

भाषाले फक्स न्यूजसँग कुराकानीमा ,यो गाह्रो निर्णय थिएन। म अफ्रिका, टर्कीमा गएँ र भारत भ्रमण गर्न गएको एशियाली देशहरूमध्ये पहिलो हो । भारत पछि, मैले अरू धेरै देशहरू पनि यात्रा गर्नु परेको थियो, तर कोरोना भाइरसको कारण मैले आफ्नो यात्रा बीचमा छोड्नुप¥यो । मलाई थाहा थियो कि मेरो लागि सब भन्दा राम्रो ठाउँ अस्पताल हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया