प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या हजारभन्दा बढी

३ बर्ष अगाडि

प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या हजार भन्दा बढी भएको छ ।

शनिबार थप ८३ जनामा कोरोना संक्रमण पोजेटिभ भएसंगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या एक हजार भन्दा बढी भएको हो ।

८३ जनामा कोरोना पोजेटिभ पुष्टि भएसंगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या १ हजार ६६ पुगेको छ । 

आज सबैभन्दा बढी महोत्तरी जिल्लामा ३५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनुषामा ८ जनामा एकजना प्रहरीमा समेत संक्रमण रहेको बताइएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठा स्थित क्वारेन्टाइनमा खटिएका एक जना  प्रहरीमा कोरोना पुष्टि भएको हो । संक्रमित प्रहरी क्वारेन्टिन अनुगमन गर्ने गरेको थियो ।

त्यस्तै सो क्वारेन्टाइनमा खटिएका २ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ । एक साता भित्रमा क्वारेन्टाइनमा खटिएका दवै स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।

यता, महोत्तरी जिल्लामा जलेश्वर स्थित क्वारेन्टाइनका १७ जना पुरुष, मटिहानी क्वारेन्टाइनका ७ जना पुरुष, एकडारा क्वारेन्टाइनका ६ जना पुरुष, गौशाला नगरपालिका स्थित क्वारेन्टाइनका २ जना पुरुष तथा सोही क्वारेन्टाइनका १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरु मध्ये गौशला क्वारेन्टाइनका २२ बर्षिय १ जना महिला संक्रमण पुष्टि भएको  बताइएको छ भने अन्य क्वारेन्टाइनमा ११ देखि ४४ बर्ष उमेर समुहका ३४ जना पुरुषहरु संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय प्रयोगशाला टेकु काठमाण्डांैबाट प्राप्त विवरण अनुसार सर्लाही जिल्लामा रामनगर गाउपालिकाका १६ जना, मलंगवा नगरपालिकाका ८ जना र ईश्वरपुर नगरपालिकाका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरु १६ देखि ३६ बर्ष उमेर समुहका रहेको जनाइएको छ । त्यस्तै रौतहटको ईशनाथ नगरपालिकामा सञ्चालित क्वारेन्टाइ्नमा ४ जना पुरुष र २ जना महिलामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रदेश नम्बर २ मा हालसम्म १ सय ५९ जना कोरोना संक्रमित व्यक्तिहरु उपचारपछि निको भई घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया