एनआईसी एशिया लघुवित्तको आईपीओः पहिलो दिनमा कति पर्यो आवेदने ?

३ बर्ष अगाडि

काठमाडौं – एनआईसी एशिया लघुवित्तको वित्तिय सस्थाको आईपीओमा पहिलो दिन अर्थात् बुधबार ७५ हजार जनाले आवेदन दिएका छन् । बिक्री प्रवन्धक सानिमा क्यापिटलकाअनुसार साँझ ५ बजेसम्म यतिका लगानीकर्ता ४४ लाख ५० कित्ताका लागि आवेदन दिएका हुन् । 

लघुवित्तले आजदेखि प्रतिकित्ता रु. १०० को अंकित दरमा ४७ लाख ५५ हजार कित्ता आईपीओ आजदेखि बिक्रीमा ल्याएको थियो । यसमध्ये  ७४ हजार कित्ता कर्मचारी  र २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ छ । बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्तामा सर्वसाधरणले आवेदन दिन सक्ने छन् । 

उक्त आईपीओमा छिटोमा असार १४ गते सम्म बिक्री खुल्ला गरिने छ । ढलोमा भने असार २४ गतेसम्म बिक्री खुल्ला गरिने बताइएको छ । 

सर्वसाधारणले न्यूनतम १० कित्तामा आवेदन दिन सक्नेछन् । बढीमा भने २ लाख कित्तासम्मको आवेदन दिन सक्ने बताइएको । 
सर्व साधारणले आस्वा सुविधा प्राप्त बैंक, मेरो शेयर लगायतका तोकिएको निकायबाट उक्त शेयरमा आवेदन दिन सक्नेछन् । लघुवित्तको उक्त आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले लघुवित्तको आधारभूत पक्ष औषतभन्दा तल रहेको जनाउछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया