नेप्सेमा दोस्रो पटक पनि सकरात्मक सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

३ बर्ष अगाडि

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुनः दोस्रो पटक पनि सकरात्मक सर्किट ब्रेक लागेको छ । दोस्रो पटक नेप्से परिसुचक ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि शेयर कारोबार बन्द गरिएको छ । 
पहिलो पटक सर्किट ब्रेक लगाएपछि खुलुको बजारमा खरिद कर्ताको चाप अत्याधिक भएको बताइएको छ । फलस्वरुप बजार बढ्न गई पुनः सर्किट ब्रेक लगाउन परेको हो । 
नेप्सले १२ः१७ बजे सर्किट ब्रेक लगाएको हो । अब १२ः५७ बजे कारोबार खुल्ला हुनेछ । 
हालसम्मको कारोबारमा नेप्से परिसुचक १ हजार २४८.५७ विन्दुमा पुगेको छ । यस्तै १२९ ओटा कम्पनीको रू. १८ करोड ८१ लाख बरावरको शेयर खरीदविक्री भएको नेप्सेको भनाइ छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया