१० वटै विषयगत समितिको सभापति निर्विरोध निर्वाचित

५ बर्ष अगाडि

काठमाडौं– प्रतिनिधिसभाका १० वटै विषयगत समितिको सभापति निर्विरोध निर्वाचित भएका छन् । 


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव, महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पालको उम्मेदवारी परेको छ । 
त्यसैगरी शशी श्रेष्ठको राज्य व्यवस्था तथा सुशासन समितिमा, कृष्णप्रसाद दाहालको अर्थ समितिमा, जयपुरी घर्तीको शिक्षा तथा स्वास्थ्य समितिमा र कल्याणी कुमारी खड्काको विकास तथा प्रविधि समितिमा सभापतिको उम्मेदवारी परेको छ । 

त्यस्तै सार्वजनिक लेखा समितिमा भरतकुमार शाह, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, अन्तराष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन, न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेलको सभापतिमा उम्मेदवारी परेको छ ।  

सबै विषयगत समितिको सभापतिमा १÷१ जनाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका हुन् ।  निर्वाचित हुनेमध्ये सार्वजनिक लेखा समितिमा मात्रै कांग्रेसले नेतृत्व पाएको छ । 
यद्यपी निर्वाचित भएको घोषणा भने शुक्रबार मात्रै हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया